सिड्नी, २२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा विशेष तयारी सुरु भएको छ ।
अस्ट्रेलियामा भएका नेपाली कुटनीतिक नियोगहरु आ-आफ्नो अनुकूलतामा नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारीमा छन् भने गैरआवासीय नेपाली संघसहित अष्ट्रेलियाका नेपाली सामाजिक संघसंस्था र व्यवसायीहरु ती नियोगका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुँदैछन् ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले ‘नेपाल भ्रमण वर्षको पहिलो दिनमै ‘नेपाल पुगौं’ भन्ने अभियान सुरु गरेको छ । ‘अष्ट्रेलिया-नेपाल गौरवमय यात्रा २०२०’ नामाकरण गरेर यो अभियानका संयोजक खेम शर्माले सबै सामाजिक संघ संस्था, व्यवसायी, अष्ट्रेलियन मित्रहरु र कूटनीतिक नियोगहरुलाई सोही दिन काठमाडौं पुग्न अनुरोध गरेका छन् ।
आगामी जनवरी ७ मा सिड्नीमा भिजिट नेपाल २०२० को मुख्य प्रवर्धनात्मक कार्यक्रम हुने न्यू साउथ वेल्सस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्