राजनीति

नेकपा सचिवालयको बैठक बस्दै



काठमाडौ‌ँ, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ ।

आज अध्यक्ष पुष्पकमल दाहालले मुख्य नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन । दाहाल निवास खुमलटारमा वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतसँग परामर्श गरेको दाहालको सचिवालयले जनाएको छ ।

भोलि बस्ने बैठकले स्थायी समितिको बैठक बोलाउने र केन्द्रीय समितिको मिति तय गर्ने तयारी रहेको बताइएको छ ।