Banner News

अभियुक्तलाई पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं : महान्यायाधिवक्ता खरेल



भद्रपुर, २३ मंसिर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानूनी कार्वाहीको दायरमा ल्याईने बताउनुभएको छ ।

झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले कानूनका दृष्टिमा सबै नागरिक समान रहेको उल्लेख गर्दै ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको उल्लेख गर्नुभएको छ ।

समाजमा अपराध नियन्त्रण र कानूनीराज स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो ।

पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानूनले दण्डनीय किटान गरिसकेको जनाउँदै उहाँले छाउपडीमा जाने र पठाउने दुवैलाई कानूनबमोजिम कारवाही हुने बताउनुभयो ।