अर्थ

अनेरास्ववियूले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा सफल पार्नै



कञ्चनपुर, २६ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ ।

आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अनेरास्ववियूको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको उत्सव भएको बताउदै उनले भने, ‘यो राष्ट्रिय उत्सवलाई सफल पार्न अनेरास्ववियूले आफ्ना सम्पूर्ण नेता कार्यकर्ताहरुलाई स्वयंसेवकका रुपमा परिचालित गर्ने निर्णय गरेको छ ।

उनले नेपाल भ्रमणमा आउने विदेशी पाहुनाहरुलाई आ(आफ्नो ठाउँमा न्यानो आतिथ्यता प्रदान गर्न र देशभरका पर्यटकीय स्थलहरुमा नियमित सरसफाइ गर्न र सामाजिक सन्जालमार्फत नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्न समेत निर्देशन दिएका छन ।
कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुरेन्द्र बस्नेत, सुनिता बराल, तिलकराज भण्डारी र एलवि सिंहले एकतालाई चाँडै टुंगो लगाउने बताए ।