काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले चार व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
मंसिर २६ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो ।
श्री सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौँ महानगर ३२ तीनकुनेलाई जिल्ला समन्वय समिति मुस्ताङको आग्रहअनुसार एक वर्ष कालोसूचीमा राखिएको छ । त्यस्तै मध्यपुर ठिमी भक्तपुरको श्री शान्ति/राम जेभीलाई जिल्ला समन्वय समिति जुम्लाको आग्रहमा तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
श्री चौलागाईं निर्माण सेवा खाँडाचक्र नगरपालिका १ कालिकोटलाई जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय कालिकोटको आग्रहमा एक वर्ष कालोसूचीमा राखिएको हो ।
त्यस्तै संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नुवाकोटको आग्रहमा श्री अरनिको/त्रिशुली जेभी काठमाडौं महानगर १६ बालाजुलाई पनि एक वर्ष कालोसूचीमा राखिएको शनिबार निकालिएको सूचनामा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्