काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको शोक व्यक्त गर्नुभएको छ । बयानब्बे वर्षीय श्रेष्ठको हिजो शुक्रबार निधन भएको थियो ।
धानमन्त्री ओलीले शोक सन्देश जारी गर्दै उहाँको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले श्रेष्ठको निधनको खबरले आफुलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
सन्देशमा सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेर काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचित प्रमुख मेयर बन्नुभएका स्व. श्रेष्ठले न्याय क्षेत्रमा समेत ख्याति कमाउनु भएको बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्