राजनीति

व्यवसायीले उच्चतम प्रविधिको प्रयोग गरी गुणात्मक काम गर्नुपर्छ : मन्त्री पोखरेल



मोरङ, २९ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण व्यवसायीहरुले निर्माणको कार्यमा गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभएको छ ।

निर्माण व्यवसायी सङ्घ मोरङको २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री पोखरेलले व्यवसायीले पूर्वाधार निर्माणमा उच्चतम प्रविधिको प्रयोग गरी गुणात्मक काम गर्न जोड दिँदै मुलुकको विकासमा सहयोग पुर्याउन ठूलो भूमिका खेलको विचार व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा पूर्वाधारको पूर्वाधार भएकाले शिक्षा, प्रविधिको विकासबाट नै मुलुकमा समृद्ध कायम हुने हुँदा यसतर्फ ध्यान दिन व्यवसायी क्रियाशील हुनुपर्ने बताउनुभयो ।