एजेन्सी, २९ मंसिर । सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरलाई सुडान अदालतले दुई वर्षको जेल सजाय तोकेको छ ।
अदालतले ७५ वर्षीय बसिरलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको हो ।
अदालतका न्यायाधीशले उनको उमेरका कारण उनलाई सुविधासहित कैदी कक्षमा राख्न आदेश गरेको हो । उनीविरुद्ध प्रदर्शन चर्किएपछि अप्रिलमा तीन दशक लामो शासनसत्त परित्याग गर्न बाध्य भएका थिए ।
उनको घरबाट बरामद गरिएको लाखौं युरो र सुडानी पाउण्ड पनि जफल गर्न अदालतले आदेश दिएको छ । उनलाई अन्तर्राष्ट्रिय अपराध अदालतले पनि सन् २००९ र २०१० मा पक्राउ आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्