काठमाडौँ, ३० मंसिर । मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ । श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ ।
अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ । प्रहरीसहित चार गम्भीर घाइते भए । शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो । कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ ।
सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन् । मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो। कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो । यो समाचार आजको अन्नपूर्ण छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्