इटहरी, १ पौष । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबबा अर्थात कृष्णबहादुर गिरीको थप अनुसन्धानकाे लागि सात दिनको थुनामै राखेर अनुसन्धान गर्न म्याद थप भएकाे छ ।
सोमबार पछिल्लो ३ दिनको म्याद सकिएपछि जिल्ला अदालत सुनसरीले फेरि अनुसन्धानका लागि भन्दै पुन: ७ दिनको म्याद थपेको हो । आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको बाबाको बयान भने सकिएकाे प्रहरी बताएकाे छ ।
प्रहरीले गिरीकाे मुद्दा आजै बुझाउने तयारी गरेको थियो । तर, अस्पतालको सुधामा बस्दै आएका गिरि पुन अस्पताल नै बस्न मन गरेपछि पुन म्याद थपेको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्