विश्व

पाकिस्तानमा इन्टरनेट सेवामा समस्या



एजेन्सी, १ पौष । पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ ।

कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको छ । ‘पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल)’ले वक्तव्य जारी गरेर एएइ—१ केबुलमा प्राविधिक समस्या भएकाले इन्टरनेट सेवा सञ्चालन नभएको स्पष्ट पारेको छ ।

पाकिस्तानमा सञ्चालन भएको इन्टरनेट दक्षिण पूर्वी एसिया, युरोप, इजिप्टलगायतका देशमा भएको इन्टरनेटसँग सम्वन्धित रहेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी हङ्कङ, भियतनाम, कम्बोडिया, थाईल्याण्ड, मलेसिया, सिङ्गापुर, म्यानमार, भारत, पाकिस्तान, ओमन, युएई, कतार, यमन, साउदीअरब, इजिप्ट, ग्रिस, इटली र फ्रान्समा सञ्चालन भइरहेको इन्टरनेट एउटै सञ्जालबाट वितरण भइरहेको प्राविधिक तथा विज्ञहरुको भनाई छ ।