राजनीति

चिनियाँ राजदूतावासद्वारा नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग



काठमाडौँ, २ पौष । नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।

चिनियाँ राजदूतावासबाट उपलब्ध भएका मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने उनले बताए ।

चिनियाँ राजदूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको हो ।