काठमाडौँ, २ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको जारी बैठकमा आज १३ जना नेताहरुले आफ्नो धारणा राख्नुभएको छ ।
स्थायी कमिटीको बैठकको तेस्रो दिन मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु १३ जना नेताहरु सहभागी हुनुभएको हो ।
आफ्नो धारणा राख्नेक्रममा नेताहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नुभएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राख्नुभएको छ । यसरी धारणा राख्नेमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहनुभएको छ ।
सदस्यहरुले धारणा राख्ने क्रमजारी रहकोले पुस २ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।










प्रतिक्रिया दिनुहोस्