काठमाडौँ, २ पौष । भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ ।
भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जीपको ठक्करबाट घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्