राजनीति

स्वेच्छाचारी ढंगले लिइएको शुल्क तत्काल खारेज गरियोस् : सहसंयोजक तामाङ



काठमाडौँ, ३ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले  नियमनकारी निकायले प्रभावकारी अनुगमनको अभावका कारण तोकिएको मापदण्ड विपरित र स्वेच्छाचारी ढंगले शुल्क लिने कम्प्युटर साइन्स तथा सूचना प्रविधि सम्बद्ध कलेजहरुको छानविन गरी बढि लिएको शुल्क तत्काल खारेज गर्न र बैज्ञानिक शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ ।

सहसंयोजक तामाङले एक विज्ञप्ती जारी गर्दै त्रिवि सेवा आयोगले कम्प्युटर साइन्स तथा सूचना प्रविधि विषयमा भएको परिक्षामा पाठ्यक्रमभन्दा बाहिरका प्रश्नपत्रहरु सोधीएको विरुद्धमा विद्यर्थाीले गरिरहेको मागलाई अविलम्ब सम्बोधन गर्न नेपाल सरकार, लोकसेवा आयोग, त्रिवि सेवा आयोग तथा सम्बन्धीत निकायसँग माग गर्नुभएको छ ।