गोरखा, ३ पौष । धार्चे गाउँपालिकामा बाँदर लखेट्दा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको स्थानीय उज्वल गुरुङले जानकारी दिएका हुन । सदरमुकामदेखि एक दिन टाढाको उक्त गाउँमा घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्