समाचार

ट्याक्सीको ठक्करबाट २५ वर्षीया युवतीको मृत्यु



काठमाडौँ, ३ पौष । ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

बिहीबार बिहान पौने ४ बजे बा२ज २८०६ नम्बरको ट्याक्सीले अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिदा घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ । मृककको सनाखत हुन बाँकी छ । ठक्कर दिने ट्याक्सीसहित चालकलाई प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।