राजनीति

मुख्यमन्त्री पौडेलद्वारा निर्माणधिन प्राविधिक शिक्षालय तथा रङ्गशालाको अनुगमन



हेटौंडा, ४ पौष । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरको हेटौंडा ६ गौरीटारमा निर्माणकार्य भइरहेको नेपाल भारत मैत्री प्राविधिक शिक्षालय र रङ्गशालाको अनुगमन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेल र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालगायतले बिहीबार निर्माणस्थलको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले निर्माण कम्पनीसँग कामको प्रगतीबारे जानकारी समेत लिनुभएको थियो । त्यस क्रममा वहांले निर्माणको कार्य सन्तोष जनक भएकोमा निर्माण कम्पनीलाई धन्यवाद तथा निर्माण कार्य समयसिमा भित्र सक्न र गुणस्तरमा कमी नगर्न निर्देशन समेत दिनुभयो ।

प्रदेशको विकास र समृद्धि आफ्नो सपना भएको बताउने मुख्यमन्त्री पोडेलले प्रायजसो दिन प्रतिदिन विकास निर्माणका कार्यहरुलाई प्राथमिकता दिने गर्नुभएको छ । संविधानत मानिसको गास, वास, कपास, रोजगारी लगायतका अधिकारलाई स्थापीत गराउन उहाँको अहिलेको सपना नै रहेको छ । दिनहुँ जस्तो विकास निर्माण जसमा गरिव जनताको हितमा वकालत गर्दै अघि बढ्ने मुख्यमन्त्री पौडेलले प्राविधिक महाविद्यालयको निर्माण सम्पन्नतासँगै आम गरिव नेपाली युवाहरुले अध्ययनको शिलशिलामा लाखौं खर्च गरि अध्ययनको लागि विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।

आफ्नो जिल्लामा हुँदा जिल्लाका योजना तथा जिल्ला बाहिर हुँदा प्रदेश तथा स्थानीय तहका योजनाहरुलाई निरन्तर अनुगमन तथा निर्देशनको साथमा कडाईका साथ कार्यान्वयनमा ल्याउने मुख्यमन्त्री पौडेलको जीवनी सामान्य जनताको जस्तै देखिने गरेको छ । जसको उदाहरणको रुपमा महाविद्यालयको अनुगमन पनि एक हो । प्रदेशमा आधुनिक कृषी प्रणालीको विकास र विस्तार गर्न किसानको गोठ गोठमा पुगी जनताको गुनासो, आवश्यकता र वाध्यतालाई प्रत्यक्ष रुपमा अध्ययन गर्नु उहाँको अर्को दैनिकी जस्तै रहेको छ ।

यसै क्रममा २०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको उक्त महाविद्यालय गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको महाविद्यालय निर्माण प्रकृयामा कुनैपनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष २ हजार ५ सय प्राविधिक उत्पादन हुने विश्वास व्यक्त गर्नु भएको छ । प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्व रहेकोले यसलाई आफूले बिषेश चासोका साथ हेरेको बताउनुभयो । सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने ४ वटा प्राबिधिक विषय जीवन उपयोगी हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

प्रदेश सरकारले २६ बिगाह जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ । भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।