काठमाडौँ, ४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीले विकास र सहयोग सम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग अनुदान सहायता सम्झौता संसदबाट पारित गर्नुपर्ने माग गरेको छ ।
आज काठमाडौंमा बसेको राप्रपा केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको बैठकले सम्झौतालाई संसदको चालू अधिवेशनमै अघि बढाउन माग गरेको हो ।
१४ मंसिरमा सम्पन्न उपनिर्वाचनको समीक्षा, संगठन सुदृधीकरण लगायतका विषयमा छलफल गरेको बैठकले समान विचार भएका दल र समूहलाई पार्टी एकताका लागि आव्हान गर्ने निर्णय समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्