Banner News

एमाले केन्द्रीय कमिटीमा थप पूर्ण र बैकल्पिक सदस्यहरुद्वारा शपथ ग्रहण



काठमाण्डौ,१३ चैत। नेकपा एमाले केन्द्रीय कमिटीका पूर्ण तथा बैकल्पिक सदस्यहरुले शपथ ग्रहण गरेका छन । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

एमालेको मेची–महाकाली अभियान अघि फागुन २० गते बसेको एमाले स्थायी समितिको बैठकको निर्णय अनुसार मनोनित तराई मधेसका केन्द्रीय सदस्यहरु धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र साह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, रविन्द्र बैठा, यदुबंश झा र हरिनारायण महतोलाई अध्यक्ष ओलीले शपथ ग्रहण गराएका हुन् ।

त्यसैगरी केन्द्रीय कमिटीका बैकल्पिक सदस्यहरु नारदमुनि राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजबंशी, सरला यादव, सुधीर साह, सरोज यादव र मोहम्मद हारुनलाई पनि अध्यक्ष ओलीले शपथ ग्रहण गराए ।
केन्द्रीय कमिटी सदस्यद्वय रघुवीर महासेठ र लालबाबु यादवले भने यसअघि नै शपथ ग्रहण गरिसकेका थिए ।