समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



हेटौंडा, ९ पौष  । बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति धरान–चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–७ लाला भित्तिमा झुरझुरेबाट फापरबारीतर्फ जाँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सोही वडाका २३ वर्षीय अमर घलानको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।