काठमाडौंँ, ९ पौष । आज डिसेम्बर २५ तारिख, ‘क्रिसमस डे’,इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी मनाइदैछ ।
आज इशाई धर्मका संस्थापक येशू ख्रीष्टकाे जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ । क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने गरिन्छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । ‘क्रिसमस डे’का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ ।










प्रतिक्रिया दिनुहोस्