समाचार

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



सप्तरी, ९ पौष । सप्तरीमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएका छ ।

मंगलबार बेलुकी रुपनी गाउँपालिका-६ विरेन्द्र बजार नजिकै स १ च १३८१ नम्बरको स्कापियो जीपले स १० प ८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीकै महादेवा गाउँपालिका-६ ढिकुलेका अन्दाजी ३५ वर्षीय राकेश कुमार यादव र सोही ठाउँका अन्दाजी ४० वर्षीय प्रभास यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

ठक्कर दिने जीप सहित चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।