विश्व

बुर्किनाफासोमा ३५ सर्वसाधारण र ८० जिहादीको मृत्यु



एजेन्सी, १० पौष । उत्तरी बुर्किनाफासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् ।

मङगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएपछि यहाँ दुई दिन राष्ट्रिय शोकको घोषणा भएको छ । राष्ट्रपति उक्त घोषणा गरेका हुन् ।

राष्ट्रपति काबोरले सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षाकर्मीहरुले आफ्नो विरता प्रस्तुत गरेको उल्लेख गरेका छन् । मृत्यु भएका ३५ सर्वसाधारणमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएका मध्ये ३१ जना महिला रहेको पुष्टि गरे ।

राष्ट्रपति काबोरले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुई दिन राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।