काठमाडौँ, ११ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ ।
नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ । त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो
सचिवालय सदस्य झलनाथ खनालले पुस २३ गतेअघि एकताका बाँकी सबै काम टुङ्गो लगाउने निर्णय भएको छ । नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्