काठमाडौँ, १२ पौष । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।
दमक नगरपालिका-४ ताराबारीको काठमिलबाट आयोगले आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको आयोगको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्