अर्थ

सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता



काठामाडौँ, १२ पुस । सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल लिमिटेड साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।