पोखरा, १२ पौष । नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्न लागेको बताएका छन् ।
आज पोखरामा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अधिग्रहण नोक्सान हुने ढंगले नगर्ने स्पष्टिकरण दिएका छन् ।
विमानस्थलको गाइडपार्क, एप्रोचपार्क, माइक्रोलोकिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको बताउदै उनले प्रचलित मूल्यमा मुआब्जा दिने र स्थानीयलाई इज्जतदार रुपले अर्को ठाउँमा लैजाने बताए ।
१ सय ४ रोपनी जग्गामा १२ घर पनि पर्ने छन् । कुनैपनी संरचना कन्टिन्युअस प्रोसेस भएको हुनाले प्रविधी पनि थप गर्दै लैजाँदा जग्गा अधिग्रहण गर्नुपर्ने उनको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्