माेरङ, १४ पौष । विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ काे कर्सिया बजारमा ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
आइतबार साँझ को ३८ प १७७ नम्बरको स्कुटरलाई को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीकाे दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते भएका चाैधरीकाे उपचारका क्रममा विराटनगरकाे कोशी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको उपचार भइरहेकाे छ ।
ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रण लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्