काठमाडौँ, १५ पौष । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज (मंगलबार) तमुल्होसार पर्व विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । अर्थात् यो उनीहरूको नयाँ वर्षका रूपमा मनाइने मौलिक पर्व हो ।
यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
यसैबीच, तमु ल्होसारको अवसरमा गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ ।










प्रतिक्रिया दिनुहोस्