राजनीति

सभापति देउवाद्वारा नेता राईको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, १६ पौष । नेपाली काँग्रेस एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व जिल्ला सभापति प्रेमराज राईको निधनप्रति दुःख व्यक्त   गरेका छन ।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी पूर्व जिल्ला सभापति राईको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन  ।

नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा स्व राई पटक–पटक जेलजीवन र प्रवाससमेत बस्नु भएको थियो । स्व. राईले पार्टी सङ्गठनमा पु¥याउनुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जलि अर्पण  गरेका छन ।

पूर्व जिल्ला सभापति राईको ७२ वर्षको उमेरमा सोमबार राति काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व राई काँग्रेसका नेता स्व बलबहादुर राईका ज्येष्ठ सुपुत्र हुन ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै अस्पताल पुगी उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।