समाचार

छोरीमाथि बलात्कारको आरोपमा बाबु पक्राउ



काठमाडौँ, १७ पौष । छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएपछि एक जना पक्राउ परेका छन् ।

काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत, काठमाडौँले म्याद दिएसँगै प्रहरीले एक साता उनलाई हिरासतमा राखेर कसूरमाथि अनुसन्धान गर्ने  बताईएको छ ।

बुबाको आमासँग राम्रो सम्बन्ध छैन नभएपछि  २२ वर्षीया छोरी बाबुसँग डेरामा बस्दै आएकी थिइन् ।  तीन पटक बुबाले आफूमाथि करणी गरेको जाहेरीमा उल्लेख छ । सोमबार आफन्तसहित आएर उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ र स्वास्थ्य परीक्षण गरेको थियो ।

अनुसन्धान अधिकृतहरुले बुबाले कसूर स्वीकार्दै माफी मागेको बताएको छन् ।