राजनीति

दुई अध्यक्षबीच खिचातानीका कारण प्रतिनिधिसभा ‘बन्धक’



काठमाडौँ, १७ पौष । सत्तारुढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’जस्तै बन्नु संसद्कै गरिममाथि प्रश्न हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसकेकै कारण संसद् बैठक सरिरहेको छ ।

जनताको प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको साझा थलो प्रतिनिधिसभालाई यसरी सत्तारुढ दलको कब्जामा रहेको जस्तो हालतमा पु¥याउनु हुँदैन । सभामुख भनेको समग्र प्रतिनिधिसभाकै नेता हो, सबै दलबीच समन्वय गर्ने साझा व्यक्ति हो । तसर्थ, प्रतिनिधिसभा नेतृत्वविहीन भएर बस्दा र बैठक अवरुद्ध भइरहँदा यसको उचित मर्यादा कायम रहन सक्दैन । यो समाचार कान्तिपुर दैनिकमा छ ।