सम्पादकीय

कांग्रेसमा वरीयता विवाद



काठमाडौं, १४ चैत । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकबाट गठन भएको केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा चर्को विवाद देखिएको छ । आइतबारबाट केन्द्रीय कार्यालय सानेपामा सुरु कांग्रेस केन्द्रीय समितिको बैठकले पहिलो कार्य सूचिमाथि छलफल गर्दै २९ सदस्सीय केन्द्रीय कार्य सम्पाद न समिति र ४२ विभागको टुंगो लगाएको छ ।

गएको महाधिवेशनमा सबैभन्दा मत ल्याएका डा. शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा आफू नअटाएको भन्दै नअटाउँनुको कारण माग गरेपछि विवाद सतहमा आएको हो । कोइरालाले चार पेज लामो असहमतिपत्र केन्द्रीय समितिमा बुझाउँदै आफु नअट्नुको कारण माग गरेका छन् ।

वरिष्ठता विवाद टुंग्याउन नेता आनन्द प्रसाद ढुंगानाको नेतृत्वमा समिति बनेको थियो । ढुंगाना समितिको प्रतिवेदन नै नआइकन अहिले कसरी वरिष्ठहरुलाई मात्र राखेर समिति गठन गरियो ? कोइरालाले पत्रमा भनेका छन, रामचन्द्र पौडेल भन्दा खुमबहादुर खड्का कसरी कनिष्ठ भए ? कांग्रेस र तत्कालिन कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भएपछि पहिलोपटक कार्य सम्पादन समिति गठन भएको हो ।

सभापति शेरबहादुर देउवाले पेस गरेको कार्य सम्पादन समिति गठन र विभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेपछि सोमबार टुंगो लागेको हो । राजधानी दैनिकमा समाचार छ ।