राजनीति

उखु किसानको पैसा तत्काल भुक्तानी गर्न सांसद कनोडियालाई कांग्रेसको निर्देशन



काठमाडौँ, १८ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर-२ का संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महालक्ष्मी सुगर मिल्सका सञ्चालक समेत रहनुभएका कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुनसक्ने बताउनुभयो ।