काठमाडौँ, १८ पौष । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ बर्ष २०२० को अवसरमा ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म VISA कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५ सय रुपैंयासम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५ सय तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोवार गरिएको हुनुपर्नेछ । यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्