एजेन्सी, १८ पौष । सुडानको एक सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । सुडानको प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको बताइएको छ । सो विमानले त्यहाँका जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्याइरहेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक दलका सात जना सदस्य, तीनजना न्यायाधीश र आठ जना सर्वसाधारण रहेको त्यहाँका सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताएका छन् ।
दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्