एजेन्सी, १९ पौष । अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली कमाण्डर जनरल कासिस सुलेमानी मारिएपछि पनि बग्दादमा फेरी अर्को हवाई आक्रमण गरेको छ ।
शुक्रबार राति इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण गरेको हो । आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । समाचार संस्था अल जजिराका अनुसार आक्रमणमा मारिएकामध्ये केही चिकित्सक पनि छन् ।
शुक्रबार राती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनरलविरुद्ध कारबाही गरेर पत्रकार सम्मेलन गरेका थिए । ट्रम्पले दुई देशबीच सम्भावित युद्ध रोक्नका लागि जनरल कासिमलाई मार्ने निर्णय लिएको बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्