Banner News

कांग्रेस बैठक जारीः शेखरले भने – कांग्रेस इतिहासमा नै यो भन्दा ठूलो बदनाम कहिले भएको थिएन



काठमाडौं, १४चैत । निकै लामो समयपछि हिजोबाट बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरवहादुर देउवाको भूमिकालाई लिएर चर्को आलोचना श्र्ूरु भएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा इतिहासमै कांग्रेस सबै भन्दा बढी बदनाम भएको भन्दै पार्टी सभापति देउवाको चर्को आलोचना भएको हो ।

कांग्रेसको महाधिवेशनमा सबै भन्दा बढी मत ल्याएका डा शेखर कोइराला हिजोको बैठकमा आक्रमकरुपमा प्रस्तुत भएका थिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य कोइरालाले सभापति देउवालाई लक्षित गर्दै प्रश्न गरेका थिए । उनले पार्टी सभापति देउवा सिंहदरवार वरिपरी घुम्ने र कुन नियुक्तिबाट कति पैसा असुल्ने भन्ने धन्दामा मात्रै सिमित भएको आरोप लगाए । ‘म हेरेर बसिरहेको छु । पार्टीलाई यो भन्दा बढी बदनाम गर्ने ठाउँ पनि छैन । यति बदनामी कांग्रेसको इतिहासमा कहिल्यै भएको पनि थिएन’ कोइरालाले भने, ‘शेरबहादुरजी जो पार्टी नेतृत्वमा हुनुहुन्छ, उहाँ आएपछि कांग्रेसमा के भयो ?उहाँले सिंहदरवार वरिपरी घुम्ने र कुन नियुक्तिबाट कति पैसा झार्न सकिन्छ, झार्ने बाहेक के काम गर्नु भयो ?
कोइरालाले खुमबहादुर खड्कालाई पार्टी भित्र आठौं वरियतामा राखेकोप्रति पनि आपत्ती जनाए । ‘खुमबहादुरजीलाई आठौं वरियता केका आधारमा राख्नु भयो ? मलाई थाहा छ, तपाईंले मलाई राख्नु हुन्नथ्यो’ कोइरालाले भने, ‘मलाई चाहिएको पनि छैन नराखेर ठीक गर्नु भयो । तर, पार्टीलाई बदनामी गरेर समाप्तै पारिदिनु भयो तपाईंले ।’ कोइरालाले आइजीपी र राजदूत नियुक्तिमा सभापति देउवाको भूमिका बदनाम ब्यापारीको जस्तो भएको वताए ।
‘कांग्रेस आज कहाँ छ ? शेरबहादुरजी सिंहदरवार वरिपरी, वालुवाटार वरिपरी घुम्नुहुन्छ । रामचन्द्रजी कोठे बैठकमा हुनुहुन्छ । अरु सबै पार्टी चुनावमा लागिसके । कांग्रेस नेतृत्व पैसा उठाउने बाहेक केही गर्दैन’ कोइरालाले भने, ‘एमालेको बाहिर त्यत्रो माहौल बनेको छ । मुख खोलेर कांग्रेसले ठीक गर्यो भन्न सक्ने अवस्था छैन ।’ गएको महाधिवेशनमा सबैभन्दा मत ल्याएका कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा आफू नअटाएको भन्दै नअटाउँनुको कारण माग गरेपछि विवाद सतहमा आएको हो । कोइरालाले चार पेज लामो असहमतिपत्र केन्द्रीय समितिमा बुझाउँदै आफु नअट्नुको कारण माग गरेका छन् । त्यसरी नै

वरिष्ठता विवाद टुंग्याउन नेता आनन्द प्रसाद ढुंगानाको नेतृत्वमा समिति बनेको थियो । ढुंगाना समितिको प्रतिवेदन नै नआइकन अहिले कसरी वरिष्ठहरुलाई मात्र राखेर समिति गठन गरियो ?कोइरालाले पत्रमा भनेका छन, रामचन्द्र पौडेल भन्दा खुमबहादुर खड्का कसरी कनिष्ठ भए ?कांग्रेस र तत्कालिन कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भएपछि पहिलोपटक कार्य सम्पादन समिति गठन भएको हो ।