Banner News

एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ : वरिष्ठ नेता नेपाल



कञ्चनपुर, २० पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्ने औल्याउनुभएको छ ।

नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रममा नेपालले नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, ‘मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा तथा जलस्रोत र पर्यटन मेरुदण्डका रुपमा रहेका छन । पर्यटककै राय सुझाव सङ्कलन गरेर पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन । एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ ।’