हेटौंडा २२ पौष । प्रदेशको नाम र राजधानीको विषयमा सहमति जुट्न नसकेपछि प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार कार्यविधि पारित गरेर स्थगित गरिएको छ ।
पुस २२ गते राजधानी र नामाकारण टुंग्याउने तयारी भए पनि नेकपाभित्रै सहमति जुट्न सकेन । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्न नेकपा प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।
सोमबार नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल प्रस्तावक र नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले र विवेकशील नेपालीका रमेश पौड्याल समर्थक रहेको प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि बैठकमा पेश भएको थियो । उक्त कार्यविधि सर्वसम्मतिले पारित भएको छ ।
हिउँदे अबिधेशनको प्रारम्भमा बोल्दै नेकपाका संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेलले चालु अधिवेशनबाटै प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने बताए ।
सांसद रमेश पौडेल, सुरेन्द्र राज गोसाई, रिता माझी, रिना गुरुङ र प्रेमबहादुर तामाङले प्रदेशको नाम र राजधानीको विषय नेकपाको सचिवालयले टुङ्गो लगाएर प्रदेशसभाको अधिकार अतिक्रमण गरेको भन्दै विरोध जनाए ।










प्रतिक्रिया दिनुहोस्