अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ पौष । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।