Banner News

अस्ट्रेलिया प्रकरणमा मन्त्री भट्टराईले दिए यस्तो प्रतिक्रिया



काठमाडौँ, २२ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणका सन्दर्भमा गलत समाचार सम्प्रेषण दावी गरेका छन् ।

सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ।’