विराटनगर, २३ पौष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी गराउँदै साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।
नेपाल नगरपालिका सङ्घद्वारा आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री राईले स्थानीय तहले कानून निर्माण, कार्यान्वयन र जनतामा नजिता पस्कनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसँग सहकार्य गर्ने अठोट पनि जनाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्