शैक्षिक

एमाले अध्यक्ष ओलीसंग भारतीय राजदूतको भेट




काठमाडौं,१४ चैत्र। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच भेट भएको छ ।एमाले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताउनुभएको थियो ।

यस अघि राजदूत पुरीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको थियो ।