समाचार

पृथ्वीजयन्तिका दिन सार्वजनिक बिदा



काठमाडौँ, २३ पौष । पृथ्वीजयन्तिका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

नुवाकोटको विदुर नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकीकरण दिवसको रूपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशन बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका सचिव सुदेवकुमार पोखरेलले जानकारी दिए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरू गर्दै विजय हासिल गरी २५ वर्ष नुवाकोट साततले दरबारबाटै राज्य सत्ता सञ्चालन गरेको र मृत्यु पनि यसै नगरपालिकामा भएकाले स्थानीय पहिचान झल्काउन सो दिन बिदा दिइएको उनले बताए ।