शैक्षिक

पार्टी हित विपरीत गतिविधि गरेको भन्दै नयाँ शक्तिबाट भट्टराई सहित चार नेता निस्कासित



काठमाडौं,१४ चैत्र । नयाँ शक्ति पार्टीका चार जना नेता पार्टीबाट निस्कासित भएका छन् । पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरेको हो ।

पार्टी हित विपरित गतिविधि गरेपछि सोधिएको स्पष्टीकरण समेत दिन नमानेकाले निस्कासन गरिएको प्रवक्ता खिमलाल दवकोटाले जानकारी गराए ।

स्थानीय निर्वाचन रोक्न माग गर्दै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर संयुक्त वक्तव्य जारी गरेपछि निर्मल भट्टराई समूह असन्तुष्ट बन्दै आएका थिए ।