समाचार

यस्तो छ, आजको मौसम



काठमाडौँ, २४ पौष । अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ । अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहने महाशाखाले जनाएको छ ।

पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।

आज राति देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।