एजेन्सी, २४ पौष । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने घोषणा गरेका छन् ।
उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूहरु राज परिवारको वरिष्ठ सदस्य पदमा रहन नचाहेको र आर्थिक एवम् सामाजिक रुपमा स्वतन्त्र हुन चाहेको उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार कुनै पनि सल्लाह नगरी ह्यारी दम्पतीले सार्वजनिक गरेको यो शाही परिवारका वरिष्ठ सदस्यहरु राजकुमार ह्यारी दम्पत्तीको निर्णयबाट निराश भएका छन् । उनीहरुले बेलायत तथा उत्तर अमेरिकामा आफ्नो बाँकी जीवन बिताउन चाहेको उल्लेख गरेका छन् । ह्यारी दम्पतीले सार्वजनिक गरेको यो विज्ञप्तीले शाही परिवार आश्चर्य चकित भएको छ ।










प्रतिक्रिया दिनुहोस्