ललितपुर, २४ पौष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन ।
आज ललितपुरमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी अब विकासको दिशातर्फ जानुपर्ने बताइन ।
उनले भनिन, ‘सहकारी रोजगारीको थलो बनाउने अभियानमा लाग्नुपर्छ । वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी अभियान लाग्नुपर्छ । त्यसका निम्ती उद्मशलता र व्यवसायिकता हो ।’
सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने साथै त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनले विश्वास ब्यक्त गरीन । सहकारीमा उद्मशिलता नारा बनाएर जान सुझाब दिँदै मन्त्री अर्यालले भूगोलमा काम शुरू गरिहाल्न आग्रह समेत गरेकी छन ।










प्रतिक्रिया दिनुहोस्